Logo
Logo

युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमण, कम्तीमा १०४ को मृत्यु


567
Shares

एज्न्सी । युद्धग्रस्त सुडानको कोर्दोफान क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गएको छ।

The current image has no alternative text. The file name is: sudan-2.jpg

तेस्रो वर्षमा प्रवेश गरेको क्रूर गृहयुद्धका क्रममा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको संघर्ष अझ घातक बन्दै गएको बेला यो घटना भएको हो। समाचार संस्था अलजजीराका अनुसार पछिल्लो समय कोर्दोफान क्षेत्रमा हिंसा तीव्र रूपमा बढेको छ ।

डिसेम्बरको सुरुदेखि एक सातासम्म चलेको भीषण लडाइँपछि अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस आरएसएफले बाबनुसास्थित एक महत्त्वपूर्ण सैन्य अड्डा कब्जा गरेसँगै आक्रमणहरू मध्य क्षेत्रतर्फ केन्द्रित भएका छन् ।

मुख्य लडाइँ पश्चिमी डार्फरबाट विशाल मध्य क्षेत्र कोर्दोफानमा सरेपछि तनाव बढेको छ। यसका कारण दशौं हजार मानिस विस्थापित भएका छन् भने हैजा र डेङ्गीको प्रकोपले पहिले नै कमजोर स्वास्थ्य सेवा प्रणालीलाई थप संकटमा पारेको छ।

सबैभन्दा घातक आक्रमण दक्षिण कोर्दोफानको कालोगी क्षेत्रमा रहेको एउटा किन्डरगार्टेन र अस्पतालमा भएको जनाइएको छ। उक्त आक्रमणमा ४३ बालबालिकासहित ८९ जनाको ज्यान गएको रिपोर्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्