Logo
Logo

आर्टिक क्षेत्रमा १२५ वर्षयताकै उच्च तापक्रम र हिउँको अभाव


0
Shares

एजेन्सी । आर्टिक क्षेत्रमा एक सय २५ वर्षयताकै उच्च तापक्रम मापन भएको छ। अमेरिकाको समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएएले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ अक्टोबरदेखि २०२५ सेप्टेम्बरसम्म आर्टिकमा सन् १९०० यताकै सबैभन्दा उच्च गर्मी देखिएको हो ।

The current image has no alternative text. The file name is: arctic.jpg

प्रतिवेदन १३ देशका ११२ जना वैज्ञानिकले सहकार्य गरेर तयार पारेका हुन् । यसमा आर्टिकमा तापक्रम वृद्धि विश्वका अन्य क्षेत्रको तुलनामा तीव्र भएको र त्यसका कारण हिउँ लगातार पग्लिरहेको उल्लेख छ । स्याटेलाइट तस्वीरको आधारमा ४७ वर्षयताकै सबैभन्दा कम हिउँ मार्च २०२५ मा देखिएको छ ।

प्रतिवेदन मङ्गलवार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई हल्ला मात्र भएको दावी गरेपछि अमेरिकी संघीय निकायहरूले आफ्नो वेबसाइटबाट जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका विषय हटाउँदै आएका थिए ।

अमेरिका, रुस र नर्वे जस्ता देशले आर्टिकमा तेल उत्खनन योजना बनाइरहेका बेला यो प्रतिवेदन सार्वजनिक गर्नु महत्त्वपूर्ण रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्