
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ । ९ सचिव पदका लागि भएको निर्वाचनमा ईश्वर पोखरेल प्यानलका उम्मेदवारलाई हराउँदै ओली समूहका ९ जनाले नै निर्वाचन जितेका हुन् ।
एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।











