Logo
Logo

सुनिता डंगोल फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

The current image has no alternative text. The file name is: sunita.gif

भूगोल राजधानी विशेषबाट उम्मेदवार बनेकी उनले ४० वर्ष मुनिकाको क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।

उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् । उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा सङ्घका अध्यक्ष क्षितिज थेबे समावेश थिए । उनले पनि ठूलो मतान्तरले जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्