Logo
Logo

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।

The current image has no alternative text. The file name is: oli-.jpg

पार्टीको ११औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै पुनः नेतृत्व सम्हाल्ने जनादेश प्राप्त गरेका हुन् ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका थिए । त्यहाँ उनले निर्वाचन प्रक्रियामा संलग्न नेता–कार्यकर्ता तथा निर्वाचन समितिका पदाधिकारीहरूसँग भेटघाट गरेका छन् । मतगणनास्थलमा उपस्थित कार्यकर्ताहरूले ओलीको पक्षमा नाराबाजी समेत गरेका थिए ।

ओली यसअघि पनि दुई कार्यकाल एमालेको अध्यक्ष रहिसकेका छन् । तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि पार्टीभित्र संगठन सुदृढीकरण, आन्तरिक एकता मजबुत बनाउने तथा आगामी राजनीतिक चुनौतीहरू सामना गर्ने जिम्मेवारी ओलीमाथि थपिएको छ ।

एमाले महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले छिट्टै पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्