Logo
Logo

पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सर्वाधिक मत पाए


252
Shares

पोखरा । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार उपाध्यक्ष पदमा निर्वाचित गुरुङ सर्वाधिक मत ल्याउने पदाधिकारी बनेका हुन् ।

The current image has no alternative text. The file name is: prithbi-gurung.jpg

गुरुङले १ हजार ७३७ मत प्राप्त गरेका छन्, जुन अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पाएको मतभन्दा बढी हो । अध्यक्ष ओलीले १ हजार ६६३ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीभन्दा बढी मत पाएका छन् । पौडेलले १ हजार ६७५ मत प्राप्त गरेका हुन् ।

महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र नेतृत्वप्रतिको समर्थन र लोकप्रियताको संकेत गरेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्