Logo
Logo

एमाले केन्द्रीय सदस्यमा कोमल वली निर्वाचित


882
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा कोमल वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

The current image has no alternative text. The file name is: komal-oli.jpg

बिहीबार सम्पन्न मतदानको मतगणनाअनुसार वली महिला खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् ।

वलीले कुल १ हजार ७७८ मत प्राप्त गरिन् । यसअघि उनी एमालेको कोटाबाट राष्ट्रिय सभा सदस्यमा समेत निर्वाचित भइसकेकी छन् । साथै, पार्टीको १०औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।

गायिकाका रूपमा पनि परिचित वली यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हुँदै एमालेमा प्रवेश गरेकी हुन् । ११औँ महाधिवेशनमार्फत पुनः केन्द्रीय कमिटीमा निर्वाचित भएसँगै पार्टीभित्र उनको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्