Logo
Logo

चक्रवातपछिको पुनर्निर्माणका लागि श्रीलङ्काले १.६ अर्ब डलर खर्च गर्ने


441
Shares

एजेन्सी । श्रीलङ्का सरकारले ६ सयभन्दा बढीको ज्यान लिएको चक्रवात ‘दित्वाह’पछि देशको पुनर्निर्माणका लागि आउँदो वर्ष १ अर्ब ६० करोड अमेरिकी डलर अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: srilanka.jpg

सरकारले आज संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्पु-नर्निर्माण पहलका रूपमा लिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

चक्रवात दित्वाहका कारण करिब २३ लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका थिए, जुन श्रीलङ्काको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । भीषण वर्षा, बाढी र भूस्खलनका कारण देशका विभिन्न क्षेत्रमा घर, सडक, पुल, रेलमार्ग तथा कृषि भूमिमा व्यापक क्षति पुगेको थियो ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकले यस विपद्लाई टापु राष्ट्रले भोगेको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपमध्ये एक भएको बताउँदै त्यसबारे छलफल गर्न एक महिनाको संसदीय अवकाश बीचमै तोडेर संसद् अधिवेशन बोलाएका हुन् ।

सरकारले आवास, सडक, पुल र रेल्वे संरचनाको पुनर्निर्माणका साथै प्रभावित नागरिकको जीविकोपार्जन पुनःस्थापना गर्न नगद सहायता प्रदान गर्ने उद्देश्यले थप १ अर्ब ६६ करोड डलर विनियोजन प्रस्ताव गरेको छ ।

राष्ट्रपतिको दलको दुई तिहाइभन्दा बढी बहुमत रहेको राष्ट्रियसभाले भोलि मिनी बजेट पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि, राष्ट्रपति दिसानायकले यस अतिरिक्त खर्चका लागि सरकार ऋण सीमा बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्