Logo
Logo

अमेरिकालाई भेनेजुएलामा आक्रमण गर्ने ‘गल्ती’ नगर्न रुसको चेतावनी


1.2k
Shares

The current image has no alternative text. The file name is: putin-trump.gif

मस्को । रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयतता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी काराकाससँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा प्रतिबन्धित तेल ट्याङ्करहरूको नाकाबन्दी गर्न यसै हप्ता आदेश दिएका थिए । यसले वासिङ्टन र भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देशबीच नयाँ तनाव बढेको सङ्केत गर्छ । 
 
भेनेजुएलाले आफ्नो कच्चा तेलको निर्यातमा कुनै असर नपरेको दाबी गर्दै आएको छ । नेता मदुरो क्रेमलिनको सहयोगी मानिनुहुन्छ र वर्षौँदेखि मस्कोमा नियमित पाहुना हुँदै आएका छन् । 
 
मस्कोको विदेश मन्त्रालयले ह्वाइट हाउसले भेनेजुएलामा कुनै पनि ‘घातक गल्ती’ गर्न अनुमति नदिनेमा विश्वास व्यक्त गरेको छ । अमेरिका सम्पूर्ण पश्चिमी गोलाद्र्धमा अप्रत्याशित परिणामहरूको खतरा हुने स्थितिमा थप चिप्लिनबाट जोगिनेछ’ भन्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ । 

उसले ‘तनाव कम गर्न’ वार्ताका लागि आह्वान गरेको छ र मदुरोको सरकारलाई समर्थन गरेको छ । क्रेमलिनले भेनेजुयलासँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
 
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले  भने, ‘हामी यस क्षेत्रका सबै देशहरूलाई संयम अपनाउन आग्रह गर्दछौँ ताकि स्थितिमा कुनै पनि अप्रत्याशित विकास हुन नसकोस् ।’

यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलालाई दक्षिण अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो अर्मादाले घेरिएको बताएका थिए ।  क्रेमलिनले विगतमा भेनेजुएलाको सङ्घर्षरत अर्थतन्त्रलाई उकास्न मद्दत गरेको थियो ।
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिनाको सुरुमा मदुरोलाई फोन गरी आफ्नो समर्थन जारी रहने दोर्याएका थिए । 

प्रतिक्रिया दिनुहोस्