Logo
Logo

रूपन्देहीमा १७ वर्षीय किशोरको हत्या


1.2k
Shares

काठमाडौं । रुपन्देहीमा एक किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । तेक्वान्दोका खेलाडीसमेत रहेका कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या गरिएको अवस्थामा शव नालीमा भेटिएको हो ।

प्रहरीका अनुसार बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन भएका ईशानको शव घरबाट डेढ सय मिटरमै रहेको नालीमा टाउकोमा पछाडि पट्टी चोट लागेको अवस्थामा भेटिएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । सोही विवादका कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनास्थल वरपरको क्षेत्रमा निगरानी बढाइएको र तीन जनालाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्