Logo
Logo

ओलीले बैठकमा मोबाइल बज्दा नेतालाई हप्काए


1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको विषय उठाइरहेका बेला एक नेताको मोबाइल फोन बज्न थालेपछि उनले आपत्ति जनाउँदै हप्काए । ओलीले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु, बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’

ओलीले पार्टीभित्र आलोचनात्मक चेत हराएका ‘झोले’हरू मात्र बस्छन् भन्ने बाहिरी हल्लाको खण्डन गरे । उनले भने, ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन्, खोइ बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? हामी यस्ता कुराबाट प्रभावित हुनुहुँदैन ।’

ओलीले चुनावी प्रतिस्पर्धामा प्यानल बने पनि निर्वाचित भएपछि अब गुट र प्यानल नरहेको स्पष्ट पारे । उनले भने, ‘हिजो चुनावमा प्यानल भएर वा स्वतन्त्र भएर लडियो होला, त्यो हिजै सकियो । अब एमालेको केन्द्रीय कमिटीमा हामी एक ढिक्का छौँ । यो देश हाँक्ने एमालेको एकताबद्ध टिम हो, यो-त्यो प्यानल छैन ।’

प्रतिक्रिया दिनुहोस्