Logo
Logo

रास्वपा सभापति रवि लामिछाने रिहा


819
Shares

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रवार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।

The current image has no alternative text. The file name is: rabi-1.jpg

बिहीबार उच्च अदालत बुटवलले बैङ्क ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर रिहा भएका हुन् ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्