Logo
Logo

मिलन लिम्बू रास्वपाको समानुपातिक सूचीमा


504
Shares

काठमाडौं । इलामबाट प्रतिनिधि सभाको उपनिर्वाचन लडेका मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन् ।

 रास्वपाले समानुपातिक सांसद बन्न निवेदन दिएका ३ सय ५३ जनाको नाम शुक्रवार सार्वजनिक गरेको छ । त्यसमा कोसी प्रदेशबाट लिम्बू पनि परेका छन् । उनीसँगै कोसीबाट ६० जनाको निवेदन परेको रास्वपाले जनाएको छ । 

यसअघि लिम्बू उपनिर्वाचनमा इलाम-२ बाट उम्मेदवार बनेका थिए । उपनिर्वाचनमा इलाम-२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका थिए । 

प्रारम्भिक सूचीमा परेका उम्मेदवारसँग रास्वपाले शनिवार छलफल गर्ने तय गरेको छ । पुस ६ देखि ११ गतेसम्म नेतृत्व क्षमता लगायतका विषय हेरिनेछन् ।  त्यसपछि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ । पुस १४ गते नतिजा प्रकाशन गर्ने रास्वपाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्