Logo
Logo

मस्तिष्कघातबाट पत्रकार आलमको निधन


819
Shares

काठमाडौं । बाराका फोटो पत्रकार फैजुल्लाह आलमको निधन भएको छ । परवानीपुर गाउँपालिका लिपनी निवासी ५५ वर्षीय आलमको शुक्रबार साँझ उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।

पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकमा कार्यरत उनको ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्