Logo
Logo

बंगलादेशमा हिन्दु युवाको हत्याको आरोपमा सात जना पक्राउ


1.4k
Shares

काठमाडौं ।  बङ्गलादेशको मयमनसिंह जिल्लाको वालुका क्षेत्रमा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासको हत्याको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । 

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यस जघन्य घटनामा संलग्न सात जना अभियुक्तलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको जानकारी दिएका छन् । 

युनुसले सरकार कानुन व्यवस्था कायम राख्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै उनले कुनै पनि प्रकारको साम्प्रदायिक हिंसा सहन गरिने छैन भनेर स्पष्ट पारेका छन् ।

युनुसले यो घटना मानवताविरुद्धको अपराध मात्र नभएर सामाजिक सद्भावलाई कमजोर पार्ने प्रयास पनि भएको बताएका छन् । उनले कानुन अन्तर्गत अपराधीहरू विरुद्ध कडा कारबाही गरिने र पीडित परिवारलाई न्याय दिइने आश्वासन दिएका छन् ।

बंगला ट्रिब्यून समाचार पोर्टलको रिपोर्ट अनुसार, मयमनसिंह शहरमा बिहीबार दिपु चन्द्र दास नामक एक हिन्दु व्यक्तिलाई कुटपिट गरी हत्या गरिएको थियो । हत्यापछि भीडले उनको शरीरमा आगो लगाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्