Logo
Logo

जेनजीको नाममा कसैले ‘स्टन्ट’ नगरे हुन्छ : प्रचण्ड


630
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति (पेवा) नभएको स्पष्ट पारेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शनिवार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेन-जीको नाममा स्टन्ट नगर्न चेतावनी दिएका हुन् । 

The current image has no alternative text. The file name is: prachand-1.jpg

 ‘जेन–जी कसैको पेवा होइन । हामी जेन-जीका प्रतिनिधि हौँ भन्दै कसैले स्टन्ट नगरे हुन्छ,’ उनले भने, ‘जेन-जीको सच्चा प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी नै हो ।’ उनले गलत वा सही छुट्याउने आधार विचार र एजेन्डा हुने बताए ।

जेनजीलाई उमेरको आधारमा अलमलमा नपार्न आग्रह गर्दै प्रचण्डले भने, ‘को गलत र को सही भन्ने कुरा एजेन्डा तथा विचारमा निर्भर हुन्छ, उमेरमा होइन।’समाजमा सबै उमेर समूहका व्यक्तिको आवश्यकता हुने उनको भनाइ थियो । ‘कम्युनिस्टहरूले भन्ने गर्छन्– थ्री इन वान : युवा, प्रौढ र वृद्ध। सबै मिलेर मात्र समाज बन्छ,’ उनले भने ।

जेनजीको नाममा निर्वाचन मिति नसार्न पनि उनले अपील गरे । अन्तरिम सरकार गठनमा सहजीकरण गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘सरकारले निर्वाचन मिति सार्‍यो भने हामी चुप लागेर बस्ने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्