Logo
Logo

भेनेजुएलाको अर्को तेल ट्यांकर पनि अमेरिकाको कब्जामा


315
Shares

एजेन्सी । अमेरिकले भेनेजुएलाको तट नजिकै अर्को एउटा तेल ट्यांकर कब्जामा लिएको छ ।

अमेरिकी तट रक्षक बलको यस कारबाहीले वासिङ्टन र काराकसबीचको कुटनीतिक तथा व्यापारिक सम्बन्धमा थप तनाव पैदा गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल ’एक्स’ मार्फत यसको पुष्टि गरेकी छन् ।

बीबीसीका अअनुसार उनले अवैध तेल ओसारपसार विरुद्ध चेतावनी दिदैं भनेकी छन्, ‘हामी तिमीलाई खोज्नेछौँ र रोक्नेछौँ ।’
डिसेम्बर २० को बिहान ‘डिपार्टमेन्ट अफ वार’ सँगको समन्वयमा सो ट्यांकर नियन्त्रणमा लिइएको हो ।

सार्वजनिक गरिएको ७ मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एउटा जहाजको डेकमा अवतरण गरेको देखिन्छ, जसमा ‘सेन्चुरीज’ लेखिएको छ ।

अमेरिकाले भेनेजुएलाको तेल व्यापारमाथि कडा निगरानी र प्रतिबन्ध लगाउँदै आएको छ । भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकम लागुऔषध कारोबार र आतंकवादी गतिविधिमा खर्च गर्ने गरेको अमेरिकी आरोप छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल कारोबारमा पूर्ण नाकाबन्दी लगाउने चेतावनी दिएसँगै यस्ता कारबाहीहरू तीव्र बनेका छन्।

प्रतिक्रिया दिनुहोस्