
काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु लेकुवामा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय मिङमा तेञ्जी शेर्पाका छोरा अन्दाजी २५÷२६ वर्षका फुर्वा रेञ्जु शेर्पा रहेका छन्।
प्रहरीका अनुसार स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बारीमा बसेर भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएपछि उनको घाँटीमा गोली लागेको थियो ।
प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि भतिजलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।











