Logo
Logo

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन


441
Shares

काठमाडौं । कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप घटना छानबिन गर्न समिति गठन भएको छ ।

गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने ६ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् ।

समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए । ‘आज पनि कारागारको अनुगमनमा जाँदैछौँ’, उनले भने, ‘घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।’

नाइकेहरुले कारागारभित्र एकाधिकार गरेको आरोपसहित कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्