Logo
Logo

सिड्नी गोलीकाण्डपछि सुरक्षा निकायको समीक्षा गर्ने प्रधानमन्त्रीको घोषणा


441
Shares

एजेन्सी । गएको हप्ता अस्ट्रेलियाको न्यु साउट वेल्स राज्यको सिड्नीस्थित बोन्डी बिचमा भएको गोलीकाण्डपछि प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी तथा राष्ट्रिय गुप्तचर निकायहरूको समग्र समीक्षा गर्ने घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: australia.jpg

प्रधानमन्त्री अल्बानीजका अनुसार ‘इस्लामिक स्टेट’ आईएसआईएसबाट प्रेरित आतङ्कवादी आक्रमणले देशको सुरक्षा वातावरण तीव्र रूपमा परिवर्तन भइरहेको स्पष्ट पारेको छ । बीबीसीका अनुसार उहाँले यस्ता खतराप्रति प्रभावकारी रूपमा प्रतिक्रिया दिन सुरक्षा निकायहरू सधैं तयार अवस्थामा हुनुपर्नेमा जोड दिएका छन् ।

अस्ट्रेलियामा झण्डै तीन दशकयता यस प्रकारको ठूलो आतङ्ककारी घटना पहिलो पटक भएको बताइएको छ । यससँगै सरकारले बन्दुक स्वामित्वसम्बन्धी कानुन थप कडा बनाउने तयारी पनि गरेको छ ।

यसैबीच, यहूदी बिदाको समयमा सिड्नीको समुद्री तटमा भएको गोलीकाण्डमा १५ जनाको ज्यान गएपछि आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । कडा सुरक्षा व्यवस्थाबीच स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४७ मिनेटमा एक मिनेट मौनधारण गरिनेछ, यही समयमा एक हप्ताअघि गोलीबारी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्