Logo
Logo

कांग्रेस नेता सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस


693
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको छ । थापाले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारको पदबाट राजीनामा दिएका थिए ।

The current image has no alternative text. The file name is: sunil-thapa.jpg

कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो, जानकारी प्रदेश उपसभापति रमेशजंग रायमाझीले दिएका छन् ।

उपसभापति रायमाझीले रातोपाटीसँग भने, “सुनील थापाको नाम प्रदेश कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।”

थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटा क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए, तर एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्