काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज सुरु भएको छ ।

लामिछाने जेलबाट रिहा भएपछि आज पहिलोपटक पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बैठकअघि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे भने कार्यबाहक सभापति डिपी अर्यालले उनलाई कार्यकक्षमा स्वागत गरे ।












