काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।
यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेको राजनीतिमा रहेका थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् ।
रास्वपामा प्रवेश गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ४६ वर्षको राजनैतिक यात्रालाई अझ उचाइमा पुगाउन, गाउँमा बस्ने सोझा निमुखा जनता जो बिभिन्न राजनैतिक दलका नेताहरुका झुटा आश्वासनबाट आजका दिनसम्म ठगिँदै आइपुगेका दाजुभाइ दिदीबहिनीहरुलाई नयाँ नेपाल निर्माण गर्ने महान यात्राको अगुवाइ गर्ने जनताको प्यारो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बिधिवत रुपमा पार्टी प्रबेश गर्ने कार्यक्रम रहेकोले दाजुभाइ दिदीबहिनीहरु तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिकालागी सबिनय निवेदन गर्दछु ।’












