Logo
Logo

भदौ २४ को विध्वंसमा जेनजीको संलग्नता छैन: शेखर कोइराला


189
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गते भएको विध्वंसमा जेनजी युवाहरूको संलग्नता नरहेको जिकिर गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोलि – चुनौती, अवसर र सम्भावना’ विषयक युवासँगको संवाद कार्यक्रममा उनले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण भएको र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका हुन् ।

कोइरालाले भदौ २४ गतेको घटना विरोध वा विद्रोहभन्दा विध्वंस भएको उल्लेख गर्दै त्यसमा जेनजी युवाहरूको हात नरहेको दाबी गरे । साथै भदौ २३ र २४ दुवै घटनाका दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा युवाहरू र जेनजीका प्रश्नको उत्तर दिँदै उनले शिक्षामा बढ्दो राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा राखे ।

उनले शिक्षाबाट राजनीति हटाउनुपर्ने आवश्यकता औँल्याउँदै अङ्ग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको शिक्षाले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्