Logo
Logo

एआईको प्रभाव: एकै वर्षमा ५५ हजार बढीले गुमाए रोजगारी, अमेरिकामा ठूलो असर


189
Shares

सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता आर्टिफिसियल इन्टेलिजेन्स एआईको बढ्दो प्रयोगका कारण विश्वभर झन्डै ५५ हजारभन्दा बढी मानिसले रोजगारी गुमाएका छन् ।

The current image has no alternative text. The file name is: AI.jpg

अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूले हजारौं कर्मचारी कटौती गर्दा एआईलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको विश्वप्रसिद्ध वित्तीय च्यानल सीएनबीसीले जनाएको छ ।

यस वर्ष अमेरिकामा मात्रै करिब ११ लाख ७० हजार रोजगारी कटौती भएको छ, जुन सन् २०२० को कोभिड-१९ महामारीपछिको सबैभन्दा ठूलो संख्या हो । अमेजनले यस वर्ष आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले एआईको प्रयोग बढेसँगै कम्पनीको कार्यबल घट्ने यसअघि नै संकेत गरिसकेका थिए ।

त्यस्तै, माइक्रोसफ्टले यस वर्ष करिब १५ हजार कर्मचारी कटौती गरेको छ। भारतको आईटी सेवा क्षेत्रमा पनि प्रभाव देखिएको छ, जहाँ टाटा कन्सल्टेन्सी सर्भिसेज ९टीसीएस० ले करिब २० हजार रोजगारी कटौती गरेको छ ।

सेल्सफोर्सले सेप्टेम्बरमा ४ हजार ग्राहक सेवा कर्मचारी हटाउँदै एआईले करिब ५० प्रतिशत काम गर्न सक्ने दाबी गरेको छ । मानव संसाधन व्यवस्थापन प्लेटफर्म वर्कडेले पनि एआईमा लगानी बढाउनुपर्ने भन्दै १ हजार ७ सय ५० कर्मचारी कटौती गरेको जनाएको छ ।

यसैबीच, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीले नोभेम्बरमा सार्वजनिक गरेको अध्ययन अनुसार एआई हाल अमेरिकी श्रम बजारको करिब ११।७ प्रतिशत काम गर्न सक्षम भइसकेको छ । यद्यपि, कर्मचारी कटौतीका वास्तविक कारणमा एआईको भूमिका कति निर्णायक छ भन्ने विषयमा भने अझै विवाद कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्