काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच पहिलोपटक औपचारिक छलफल हुन लागेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज मंगलबार जेनजी आन्दोलनपछिको अवस्थाबारे उनीहरूबीच पहिलोपटक सामूहिक छलफल हुन लागेको हो ।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग हुने छलफलमा प्रधानमन्त्री कार्कीलाई पनि आमन्त्रण गरेका छन् ।
राष्ट्रपति सचिवालयका अनुसार दिउँसो हुने छलफलमा कांग्रेस सभापतिशेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।












