Logo
Logo

जाँचबुझ आयोगद्वारा बयानका लागि रमेश लेखकलाई पठायो पत्र


756
Shares

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

The current image has no alternative text. The file name is: ramesh-lekhak-2.jpg

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई आज मंगलबार पत्र पठाइएको हो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बयानका लागि पत्र पठाइएको छैन ।

आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे थप अनुसन्धानका लागि सरोकारवाला व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्