Logo
Logo

शीतलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिच झण्डै ३ घण्टा छलफल


1.8k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विशेषगरी जेनजी आन्दोलनपछि पहिलो पटक एकै ठाउँमा जुटेका शीर्ष नेतृत्वबीच लामो समय कुराकानी भए पनि छलफलका विषयवस्तु र निष्कर्ष भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्