काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड–२०२५ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ । बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत यो अवार्ड पाएको हो । डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाले उक्त अवार्ड पाउँछन् ।

बैंकले नयाँ डिजिटल माध्यममार्फत आफ्ना सेवालाई ग्राहकमैत्री बनाएका आधारमा यो सम्मान प्राप्त गरेको बताइएको छ । यस उपलब्धिले बैंकको डिजिटल प्रवद्र्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्छ ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।












