Logo
Logo

सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता


378
Shares

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच आज एक समारोहबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरदकुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्ने जनाइएको छ । विगत १८ वर्ष देखि आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् ।

यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष्य होटलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्