Logo
Logo

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन–थापाले आजै गर्ने हस्ताक्षर


1.1k
Shares

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ ।

The current image has no alternative text. The file name is: rajendra-1.jpg

दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति गरेको हो ।

‘दुई दलबीच एकता सहमति पत्र साँझ ७ बजेसम्म हस्ताक्षर हुनेछ,’ उनले भने । ‘अहिलेसम्म एकता गर्ने सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही निर्णय भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुहुन्छ ।’

पूर्व अध्यक्ष थापाले पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए । ०७८ मंसिरमा भएको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए ।

थापाले त्यसपछि ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्