
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ठोस सहमति नभएपछि मेयर बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य थालेका हुन् ।
उनले बुधबार लोकप्रिय फेससहित विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् । सो क्रममा आजपनि जारी रहने बालेन निकट स्रोतले जानकारी दियो ।
बालेनसँग बुधबारको छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, सागर ढकालसमेत सहभागी थिए । त्यस्तै पत्रकार ऋषि धमला, राप्रपाका ज्ञानेन्द्र शाही, जनमतका सीके राउत, कान्तिपुर मिडिया ग्रुपका सम्भव सिरोहियासँग पनि छलफल गरेका छन् ।
बालेनसँग छलफल भएको स्वीकार्दै रेशम चौधरीले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिए । सो क्रममा उनले आफुहरु मिलेर चुनावमा जान तयार भएको पनि बताए ।
यसअघि सोमबार बालेनले रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ । स्रोतका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् ।












