काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेनजीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको बताएका छन् ।

बिहीबार स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा चरम असुरक्षा हुँदा पनि आफ्नो सुरक्षा खोसिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।
उनले भने, ‘हामीले कसैलाई मान्छे काट्छौँ वा मार्छौ भनेका छैनौँ । तर, यहाँ जेनजीका नाममा मान्छे उचालेर हमलाको प्रयास भइरहेको छ । यस्तो आतङ्कित वातावरणमा चुनावको कल्पना गर्न सकिँदैन ।’
ओलीले युवाहरूलाई भ्रम र गलत संगतबाट मुक्त भएर राष्ट्रिय एकता र संविधान रक्षामा लाग्न आग्रह गरे ।
उनले सरकारले निर्वाचन हुने बताउँदै आएपनि निर्वाचनको वातावरण नबनेकाले सम्भावना नरहेको बताए । सरकारले शान्तिपूर्ण वातावरण बनाएको खण्डमा एमाले चुनावका लागि तयार रहेको ओलीको भनाइ रहेको छ ।












