Logo
Logo

आगामी निर्वाचनले नयाँ शक्तिको उदय गर्छ : ऊर्जामन्त्री घिसिङ


378
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले नयाँ राजनीतिक शक्तिहरूको उदय हुने र देशमा परिवर्तन संस्थागत गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-11.jpg

उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता रहेको बताए । उनले भने, ‘सबैले नयाँ शक्तिहरूलाई एक हुनुपर्छ । अब नयाँ शक्ति र नयाँ नेतृत्वको टिम अगाडि बढ्नुपर्छ । नेपालको समृद्धि, सुशासन र विकासका लागि युवाहरूले नेतृत्वदायी भूमिका लिनुपर्छ ।’

घिसिङले अलग९अलग प्रयासले भन्दा साझा उद्देश्य र सहकार्यबाट मात्र जनताको आकांक्षा पूरा गर्न सकिने बताए । उनले यो निर्वाचनलाई चुनाव मात्र नभई नयाँ शक्तिहरूको प्रस्थान विन्दुका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्