Logo
Logo

सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु: रमेश लेखक


945
Shares

१काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् ।

The current image has no alternative text. The file name is: ramesh-lekhak.jpg

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफूलाई जानकारी लिन बोलाएको जानकारी दिए ।

“भाद्र २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ,” लेखकले भने, “मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु ।”

आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा जाने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्