काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न माग गरेको छ । कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने माग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिएका छन् ।












