Logo
Logo

जेनजीलाई बालेनको आग्रह- तपाईँहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ


1k
Shares

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरुलाई मिलेर जाने प्रस्ताव गरेका छन्।

ललितपुरको कुुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बिहीबार जेनजी प्रतिनिधिहरुसँग सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए।

बालेनको भनाइ उल्लेख गर्दै एक जेनजी अभियन्ताले भने– ‘तपाईंहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ।’

बालेनसँगको छलफलमा जेनजी प्रतिनिधिहरू सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायत उपस्थित भएका थिए।

मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् । आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुनः छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्