काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एक घण्टा भेटवार्ता भएको छ ।

आज बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबिच झण्डै एक घण्टा भेटवार्ता भएको हो ।
भेटमा भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने मेयर शाहलाई सुझाव दिएका छन् । आफूले दिएको सुझावलाई मेयर शाहले सकारात्मक रूपमा लिएको भट्टराईले बताए ।
‘ बालेनसँगको भेटपछि भट्टराईले भने, ‘मैले नयाँ र वैकल्पिक शक्ति एक भएर जानुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको छु । आज बालेनजीले यसै विषयमा मसँग परामर्श गर्नुभएको हो । यसमा बालेनजी पनि सकारात्मक हुनुहुन्छ ।’
भट्टराईले नयाँहरू मिल्दा आफ्नो पनि सद्भाव रहने बताए । त्यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने,जेनजी लगायतसँग छलफल गरेका थिए ।












