Logo
Logo

बालेनसँगको भेटपछि शाहीको भनाइ: युवासँगै नयाँ शक्ति मिलेर जानु एकमात्र विकल्प


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँगको भेटपछि युवाशक्ति र वैकल्पिक राजनीतिक शक्तिहरू एकीकृत भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: gyanendra-shahii-scaled.jpg

बिहीबार मेयर शाहसँग चरणबद्ध छलफल भएको पुष्टि गर्दै शाहीले नयाँ शक्ति र युवाहरूलाई एक ठाउँमा ल्याउने विषयमा गम्भीर संवाद भएको जानकारी दिए । उनका अनुसार मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू मिलेर जानु नै अहिलेको एकमात्र र अन्तिम विकल्प हो ।

शाहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १६५ वटै निर्वाचन क्षेत्रमा प्रभाव कायम गर्न वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । “यो केवल निर्वाचनका लागि मात्र होइन,” उनले भने, “मुलुकको दीर्घकालीन हित र देश निर्माणका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।”

उनका अनुसार भेटघाटका क्रममा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्ने सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्