Logo
Logo

 प्रधानमन्त्रीको गुनासो-जेनजीले नै आजै छोड भन्छन 


693
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छन् । 

The current image has no alternative text. The file name is: Untitled-design.jpg

बिहीबार काठमाडौंमा आयोजित डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा समारोहमा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन् । विभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दबाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले बताइन् । उनले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गरिन् । उनले जेनजीहरुले नै आजै भोली नै सरकार छाड भन्ने गरेको गुनासो सुनाइन ।  

डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकालले समाजलाई परिवर्तन गर्न सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै आफुहरुको निरन्तर सहयोग हुने प्रतिद्धवता जनाइन् । साहित्यका माध्यमबाट समाजको यथार्थ चित्रण हुने भएकाले साहित्य क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको उनको भनाइ छ । 

कार्यक्रममा प्रतियोगितामा प्रथम भएको एक मान्ठ एक देउता शीर्षकको कथाका कथाकार शिवराज शाहीलाई नगद दुई लाख रुपैयाँ पुरस्कारसहितको पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित भुइँकुहिरोको बीचमा शीर्षकको कथा द्वितीय भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित अधुरो प्रतिलिपि शीर्षकको कथा तृतीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्