काठमाडौं । नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग फेरी उठेको छ । शुक्रवार विशेष महाधिवेशनका पक्षधरहरुले नियमित १५औँ महाधिवेशनको कार्यतालिका अविश्वसनीय रहेको भन्दै कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पेश गर्दै विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

सो अवसरमा बोल्दै महामन्त्री थापाले विधान भन्दा माथि कोही नभएको भन्दै अब विशेष महाधिवेशन बारे केन्द्रीय समितिको बैठकले निर्णय लिने बताएका छन् । उनले पुस मसान्तसम्मको कार्यतालिका आउँदा विशेष महाधिवेशन पक्षधरले स्वीकार गरेको उल्लेख गर्दै अब १५औँ महाधिवेशन नहुने अवस्था बनेकोमा पुस मसान्तसम्म विशेष महाधिवेश्ना सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन् ।
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार नै विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताउँदै आफूहरूले कार्यसम्पादन समितिमा यस विषयमा कुरा राख्ने र कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताएका छन् ।
कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेपनि त्यसको तयारीका लागि संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।












