काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन आह्वानका लागि स्मृति पत्र दर्ता गराएको भन्दै यसलाई कार्यसम्पादन समितिले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औँ महाधिवेशन सम्भव बनाउनुपर्ने बताए । यद्यपि नियमित महाधिवेशनको सम्भावना कम रहेको उनको भनाइ थियो ।
नियमित महाधिवेशन सम्भव बनाउन नसकिए तत्कालै विशेष महाधिवेशनको प्रक्रिया थाल्नुपनर्नेमा उनले जोड दिए ।












