Logo
Logo

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण


504
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ ।

The current image has no alternative text. The file name is: matdankendra.jpg

शनिवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आयोगले देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको हो । 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यसपटकको निर्वाचनमा देशभर कुल १० हजार ९६७ मतदान स्थल कायम गरिएको छ । ती स्थलहरूमा २३ हजार ११२ वटा मतदान केन्द्र रहनेछन् ।

मतदाताको सङ्ख्यामा वृद्धि भएसँगै आयोगले मतदान गर्ने पूर्वाधारमा पनि विस्तार गरेको छ । वि.सं. २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्रको सङ्ख्या उल्लेख्य रूपमा बढाइएको छ ।

आयोग अनुसार २०७९ को तुलनामा यसपटक ७५ वटा मतदान स्थल थपिएका छन् भने मतदान केन्द्रको सङ्ख्या ८८५ ले वृद्धि भएको छ । मतदाताले आफूलाई पायक पर्ने र नामावलीमा तोकिएको केन्द्रबाट मतदान गर्न पाउनेछन् ।

आयोगले तय गरेको यी २३ हजार ११२ केन्द्रबाट १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । आयोगले २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदाता कायम गरी अन्तिम नामावली प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्