Logo
Logo

जाँचबुझ आयोगमा लिखित जवाफ पठाउन ओली तयार, उपस्थित भने नहुने


819
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगसमक्ष आफ्नो धारणा राख्न तयार भएका छन् । तर, उनी आयोगको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर बयान दिने पक्षमा भने छैनन् ।

The current image has no alternative text. The file name is: kpoli.jpg

नेकपा एमाले र जाँचबुझ आयोगसँग सम्बद्ध स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति जनाएका हुन् ।

एमालेका उच्च स्रोतका अनुसार यस विषयमा शीर्ष राजनीतिक तहमा करिब सहमति भइसकेको छ । स्रोतका अनुसार, ‘बयान दिन भनेर कतै जानु हुँदैन, तर आयोगका प्रतिनिधिहरूले आवश्यक ठानेमा उनीहरू आफैं आएर कुरा गर्न सक्ने व्यवस्था हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्