काठमाडौं । जनवरी-नोभेम्बर २०२५ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सय यात्रु रहेका छन् । यस अवधिमा १४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान आवागमन भएका छन् भने आन्तरिकतर्फ ४२ हजारभन्दा बढी उडान सञ्चालन भएका छन् ।
वार्षिक क्षमता करिब ८० लाख भए पनि त्रिभुवन विमानस्थलले सन् २०२४ मा ९४ लाखभन्दा बढी यात्रु व्यवस्थापन गरेको थियो । यात्रु चाप काठमाडौंमै केन्द्रित रहँदा गौतमबुद्ध विमानस्थलले ११ महिनामा १३ हजार ४ सय ३२ र पोखरा विमानस्थलले ७ लाख ९८ हजार ७ सय ९१ यात्रुलाई सेवा दिएका छन् ।














