Logo
Logo

निर्वाचन आचारसंहिता २०८२: घरदैलोमा प्रस्तावकसहित २५ जनाभन्दा बढी सहभागी नहुने


378
Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ जारी गर्दै राजनीतिक दल र उम्मेदवारका लागि कडा नियमहरू सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

नयाँ आचारसंहिता अनुसार उम्मेदवारहरूले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल वा अन्य सवारी साधनमार्फत र्‍याली आयोजना गर्न पाउने छैनन् । जुलुस, आमसभा वा घरदैलो कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ । घरदैलो वा मनोनयन दर्ताका क्रममा प्रस्तावक र समर्थकसहित अधिकतम २५ जना मात्र सहभागी हुन सक्ने नियम राखिएको छ । बाजागाजा, झाँकी प्रदर्शन र बालबालिकाको प्रयोग पूर्णरूपमा रोकिएको छ ।

त्यस्तै, निजी घर वा सार्वजनिक स्थलमा दलको झण्डा वा चिन्ह राख्न, डिजिटल प्रचारका लागि अनलाइन वेबपेज बाहेक अन्य माध्यम प्रयोग गर्न, क्लब वा गैरसरकारी संस्थालाई नगद वा सामग्री वितरण गर्न समेत निषेध गरिएको छ । आयोगले नियम उल्लंघन गर्ने उम्मेदवार वा दललाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्