Logo
Logo

कार्यालयबाट बिदा भइन् उपसभामुख इन्दिरा राना


630
Shares

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना आफ्नो कार्यालयबाट बिदा भएकी छन् । आइतबार उपसभामुख रानाले आफुले प्रयोग गर्दै आएका सवारी साधन संसद् सचिवालयलाई बुझाएर कार्यालयबाट बिदा भएकी हुन् । राना सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी थिइन् । 

The current image has no alternative text. The file name is: indra.jpg

विगतको अभ्यास अनुसार सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था गरेको छ । धारा ९१ को उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।

यस व्यवस्था अनुसार निर्वाचनको उम्मेदवारी दाखिला समानुपातिक या प्रत्यक्ष भन्ने उल्लेख नहुँदा विवाद रहेको छ ।  सभामुख र उपभामुखको कार्याअवधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेता पनि आइतबारदेखि नै कार्यालय छोडेकी छन् । 

रानालाई निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरे अनुसार नै आज आफ्नो कार्यकालको अन्तिम दिन मानेर बिदा भएको बुझिएको छ । 

सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्