काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इनसाइड ट्रेडिङको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहन नपर्ने भन्दै आइतबार काठमाण्डौ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अग्रवाललाई काठमाडौंको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको इनसाइड ट्रेडिङको आरोपमा पक्राउ गरेको थियो ।












