Logo
Logo

काठमाडौं उपत्यकामा नयाँ ट्रायल सेन्टर खोल्ने प्रक्रिया स्थगित


630
Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि अघि बढाइएको प्रक्रिया स्थगित भएको छ।

The current image has no alternative text. The file name is: trial.jpg

यातायात व्यवस्था कार्यालय बालाजुले सेवा विस्तारको लागि २६ मंसिर २०८२ मा शिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव फारम खरिद कार्य यथावत राखिए पनि कानुन बमोजिमका बाँकी चरण अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।

कार्यालयले आइतबार यसबारे सूचना जारी गर्दै प्रस्ताव फारम दर्ता कार्य दिउँसो १ बजेसम्म यथावत राख्दै प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले ९ पुसमा ७ बुँदामा स्पष्ट निर्देशन दिँदै प्रक्रिया रोक्न भनेका थिए । उनका अनुसार, प्रशासनिक पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समितिको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म नयाँ संरचना थप्ने राजनीतिक सहमति थिएन ।

मन्त्री थापाले बताएअनुसार, गत ९ मंसिरमा तयार भएको यातायात क्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समितिको प्रतिवेदन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश भएको भए पनि सिफारिस प्राप्त नभएकाले प्रक्रिया रोकिएको हो ।

उक्त प्रक्रिया रोकिएपछि कार्यालयले नयाँ ट्रायल सेन्टर सञ्चालनबारे थप अध्ययन र सिफारिसपछि मात्रै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्