Logo
Logo

जसपा नेपाल र लोसपाबीच पार्टी एकता गर्ने निर्णय


0
Shares

काठमाडौं । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकसपाबीच  पार्टी एकीकरण गर्ने निर्णय भएको छ ।

The current image has no alternative text. The file name is: yakata.jpg

सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन एवं विश्लेषण गरेर एकता गरिएको बताइएको छ ।

त्यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीकरणको निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्